हत्या आरोपमा पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ

कैलाली- किशोर हत्या आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् । सोही नगरपालिका-४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर चलाउनेसहित ७ जना पक्राउ परेका हुन् ।
यसअघि हत्या आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको थियो । प्रहरीले शनिबार चलाउनेसहित सोही ठाउँका नेत्र शाहीलाई पक्राउ गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक माेहनकुमार आर्चायले जानकारी दिए ।
शाही गत जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा किटानी जाहेरी दर्ता गरेको थियो।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया