स्वास्थ्य

क्षयरोग मुक्त नेपालका लागि औषधि उपचारसँगै जनचेतना पनि आवश्यक : स्वास्थ्यमन्त्री बस्नेत

इकागज |
माघ १९, २०८० शुक्रबार १२:४५ बजे

फाइल तस्बिर

काठमाडौँ- स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले क्षयरोग मुक्त नेपालका लागि औषधि उपचारका साथै जनचेतना आवश्यक रहेको बताएका छन् । शुक्रबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा आयोजित क्षयरोग मुक्त नेपाल अभियान अन्तर्गत दोश्रो चरणको कार्यक्रम शुभारम्भ गर्दै बस्नेतले घर घरमा पहुँच हुने स्थानीय सरकारले क्षयरोग मुक्त नेपाल बनाउनका लागि जनचेतना फैलाउनुपर्ने बताएका हुन् ।

करिब ८ अर्ब स्वास्थ्य क्षेत्रमा ग्लोबल फण्डबाट पैसा आउने गरेको भन्दै यसको सदूपयोग गर्नेमा आफुले जोड दिएको उनले बताए । उनले स्वास्थ्य क्षेत्रमा आफुले राम्रो काम गर्दा सफल हुन नदिने षडयन्त्र भएपनि आफुलाई प्रधानमन्त्रीलगायत सबैको साथ रहेकाले निरन्तर सुधारका काममा अघि बढ्ने जिकिर गरे ।


मन्त्री बस्नेतले पहुँचका भरमा सधैभरी सुविधा सम्पन्न अस्पतालमा बस्ने व्यवस्थालाई अन्त्य गरेर ८ सय बढि चिकित्सकहरूलाई दुर्गम क्षेत्रमा उपचार सेवा प्रदान गर्न पठाइएको धारणा राखे ।

त्यसअघि स्वास्थ्य मन्त्री बस्नेतले शुक्रबार नै सिन्धुपाल्चोकस्थित चौतारा अस्पतालको निरिक्षण गरेका थिए । सो क्रममा उनले सर्वसाधारणको उपचारमा कमी हुन नदिने गरि काम गर्न निर्देशन दिएका थिए । 


Author

थप समाचार
x