सरकार

सरकार ऋणमा डुबे पनि किसानलाई ऋणमा डुब्‍न दिनु हुँदैन : कृषिमन्त्री साह

इकागज |
बैशाख १, २०८१ शनिबार १६:४४ बजे

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सरकार ऋणमा डुबे पनि किसानलाई ऋणमा डुब्‍न दिन नहुने बताएकी छन् ।

देशभक्त युवा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री साहले किसानहरूलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुने र सरकार ऋणमा डुबे पनि किसानलाई ऋणमा डुब्‍न​ दिन नहुने बताएकी हुन् । ऋण खोजेरै भए पनि दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उनको भनाइ छ ।


सरकारले अगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताइन् । त्यस्तै मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने भन्दै सरकारले आवश्यक योजना बनाइरहेको जानकारी दिइन् । उनले विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो । 


Author

थप समाचार
x