सरकार

'सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न बैंकिङ्ग कसुर तथा सजाय विधेयक​'

इकागज |
फागुन ६, २०८० आइतबार १६:५५ बजे

काठमाडौँ- अर्थमन्त्री डा प्रकाशशरण महतले बैंक वित्तीय संस्था सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक ल्याइएको बताएका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले चेक अनादारमात्रै नभई समग्र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या समाधान गर्न संशोधित विधेयक ल्याइएको बताउनुभएको हो ।


उनले विधेयकमा बैंकिङ्ग कसुरको सजायलाई व्यवस्थित र निरुत्साहित गर्ने व्यवस्था राखिएको जानकारी दिए । विद्धुतीय आर्थिक अपराधलाई नियन्त्रण गर्न मन्त्रिपरिषदबाट अघि बढाएर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) ऐन संसदमा पेश गर्न लागिएको बताए । यस विधेयकमा समेटिन नसकिएका विषयलाई बाफिया ऐनमा समावेश गरिने उनले बताए ।

बैठकले बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । 


Author

थप समाचार
x