फुटबल

'दुई–दुई वर्षमा आयोजना हुने विश्वकपमा दक्षिण अमेरिका सहभागी हुँदैन'

इकागज |
माघ १४, २०७८ शुक्रबार १६:५० बजे

काठमाडौँ- फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको योजना छ, विश्वकप दुई–दुई वर्षमा आयोजना गर्ने । यसो गरेमा धेरै देशले विश्वकप खेल्ने मौका पाउने र फिफाको कमाइ बढ्ने इन्फान्टिनोको तर्क छ । फिफाको कमाइ बढे उसका सदस्य देशहरूलाई दिइँदै आइएको सहयोगमा वृद्धि हुने पनि इन्फान्टिनाको जिकिर छ । 

इन्फान्टिनोको यस प्रकारको तर्कसँग सबै सहमत छैनन् । युरोपेली फुटबल महासंघ (यूईएफए) सुरुबाटै फिफाको नयाँ योजनाको विरोधमा छ । अनि दक्षिण अमेरिकी फुबटल महासंघ (कोनमेबोल)ले पनि दुई–दुई वर्षमा विश्वकप आयोजना भए आफूहरू सहभागी हुन नसक्ने बताइसकेको छ । 


कोनमेबोलका अध्यक्ष अलेहान्द्रो डोमिनगेजले फेरि पनि फिफाको नयाँ योजनाको विरोध गरेका छन् । यस्तो योजना अघि सारेर फिफाले समय खेर फालिरहेको पनि बताएका छन् । ‘हामीले पहिले पनि भनिसकेका छौँ, दुई–दुई वर्षमा हुने विश्वकप हुने भए हामी खेल्न सक्दैनौँ । फिफाको यो योजना समयको बर्बादी हो । यो योजना जन्मुनुअघि नै मरिसक्यो,’ डोमिनेजले भनेका छन् । 


  
 


Author

थप समाचार
x