फुटबल

म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेल्दा लिभरपुल शीर्ष स्थानमा

इकागज |
चैत १९, २०८० सोमबार १०:२३ बजे

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेल्दा लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति सम्पन्न खेलमा सिटी र आर्सनलले गोलरहित बराबरी खेले । अर्को खेलमा भने लिभरपुलले ब्राइटनलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।


बराबरीसँगै २९ खेलबाट ६५ अंक जोडेको आर्सनल दोस्रो स्थानमा झरेको छ भने समान खेलबाट ६४ अंक जोडेको सिटी तेस्रो स्थानमा यथावत छ ।

यता ब्राइटनमाथि जित हात पारेको लिभरपुल भने ६७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

लिभरपुलको जितमा लुइस डियाज र मोहमद सालाहले एक-एक गोल गर्दा ब्राइटनका लागि डेनी वेलबेकले एक गोल गरे ।

ब्राइटन ४२ अंकसहित नवौँ स्थानमा छ ।


Author

थप समाचार
x