फुटबल

झापा गोल्डकपः  त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश

इकागज |
फागुन २३, २०८० बुधबार १८:५१ बजे

काठमाडौँ - झापा गोल्डकपको चार पटकको विजेता त्रिभुवन आर्मी क्लब छैंटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधवार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई २ –१ गोलको जित निकाल्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । आर्मीका लागी खेलको ६१ औं मिनेटमा नवयुग श्रेष्ठले पहिलो गोल गरे भने ८० औं मिनेटमा बसन्त जिम्बाले थप गोल गरि नतिजा दोब्बर बनाए । 


सुरुमा अग्रता लिएको मच्छिन्द्र फुटबल क्लबका लागी खेलको ११ औं मिनेटमा हिसुब थपलियाको उत्कृष्ट पासमा स्टेफन्स विनोङ्सले गोल गरे । दुई पटकको ए डिभिजन लिग विजेता मच्छिन्द्रले खेलको सुरुवातीमा आक्रामक खेलेपनि अग्रता जोगाउन नसक्दा पराजय व्यर्होनुपर्यो । पहिलो हाफमा दवावमा परेको आर्मिले दोस्रो हाफमा सम्हालिदैं उत्कृष्ट खेल प्रर्दशन गरेको थियो ।

छैंटौं संस्करणको झापा गोल्डकप फागुन २८ गते सम्म संचालन हुनेछ ।  बिहिबारको खेल आयोजक झापा– ११ र एन्फा मकवानपुर बीच अन्तिम क्वाटरफाइनल खेल हुने झापा गोल्डकप आयोजक समितिले जनाएको छ ।    


Author

थप समाचार
x