फुटबल

काठमाडौँ किकर्सले जर्मनीमा जित्यो उपाधि

इकागज |
जेठ ८, २०८१ मंगलबार १४:५२ बजे

काठमाडौँ- नेपालको काठमाडौँ किकर्स फुटबल एकेडेमीले जर्मनीको म्युनिखस्थित मोम्मेन्डोर्फमा आयोजित युथ लिग भीआर बैंक कपमा यू–१४ तर्फ च्याम्पियन बनेको छ । प्रतियोगितामा अपराजित रहँदै किकर्सको यू–१४ टोलीतर्फ च्याम्पियन बनेको हो ।

राउण्ड रोविन लिग र फाइनल चरणसहित १३ खेल खेलेको किकर्सले ९ खेलमा जित र ४ खेलमा बराबरीको नतिजा निकाल्दै ३१ अंक जोडेको हो ।


किकर्सले अन्तिम दिनको खेलमा ४ मध्ये ३ मा जित र १ खेलमा बराबरीको नतिजा निकाल्दै उपाधि सुनिश्चित गरेको हो ।

अन्तिम खेलमा किकर्सले एसभी सिलेन्बाकलाई २–० गोल अन्तरले पराजित गर्‍यो । किकर्सको जितमा आर्यबीर सिंह एक्लैले दुई गोल गरे । प्रतियोगितामा ८ गोल गरेका आर्यबीर आफ्नो समूहमा सर्वाधिक गोलकर्ता समेत बने ।

नेपाली टोलीलाई जर्मनीको राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी एवं बुन्डेस लिगा क्लब स्टुटगार्टका पूर्वकप्तान थोमस हिल्सपर्गरले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा विभिन्न उमेर समूहमा गरी ७६ टोली र २० क्लबका गरी १२ सयभन्दा बढी खेलाडीले भाग लिएका थिए ।

र, यो पनि

जर्मनीमा भइरहेको भिआर कपमा किकर्सकाे उत्कृष्ट प्रदर्शन [भिडियोसहित]


Author

थप समाचार
x