फुटबल

म्यानचेस्टर सिटीको शानदार जितमा फोडेनको ह्याट्रिक

इकागज |
माघ २३, २०८० मंगलबार ७:४८ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डमाथि शानदार जित हासिल गरेको छ ।

गएराति भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।


म्यानचेस्टर सिटीको जितमा फिल फोडेनले ह्याट्रिक गरेका थिए । एक गोलले पछि परेको म्यानचेस्टर सिटीले खेलमा कमब्याक गर्दै खेलमा शानदार जित हासिल गरेको थियो । 

त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल भने नील माउपेले खेलको २१औँ मिनेटमा गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी २२ खेलमा ४९ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको लिभरपुल २३ खेलमा ५१ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

त्यसैगरी ब्रेन्टफोर्डको भने २२ खेलमा २२ अंक रहेको छ र लिगमा १५औँ स्थानमा रहेको छ ।


Author

थप समाचार
x