फुटबल

साफ यू-२० च्याम्पियनसीप: नेपालले आज भुटानविरुद्ध खेल्दै

इकागज |
माघ २२, २०७९ आइतवार १०:० बजे

काठमाडौँ- बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसीप अन्तर्गतको दोस्रो खेलमा नेपालले आज भुटानविरुद्ध खेल्दैछ । नेपाल र भुटानबीचको खेल ढाकास्थित बीएसएसएस मोस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो २:४५ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा आयोजक बंगलादेशसँग ३-१ गोलअन्तरको पराजय भोगेको नेपालले भुटानविरुद्ध मैदानमा उत्रदा पहिलो जितको खोजीमा हुनेछ । भुटानले पनि पहिलो खेलमा भारतसँग १२-० गोलअन्तरको पराजय भोगेको थियो ।


प्रतियोगितामा बंगलादेशसँगै नेपाल भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्नेछन् ।


Author

थप समाचार
x