फुटबल

चेल्सीले कीर्तिमानी मूल्यमा अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई भित्र्याउने

इकागज |
माघ १८, २०७९ बुधबार ९:० बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग क्लब चेल्सीले कीर्तिमानी मूल्यमा अर्जेन्टिनी मिडफिल्डर इन्जो फर्नान्डेजलाई भित्र्याउने भएको छ । चेल्सीले इन्जोलाई पोर्चुगिज क्लब बेनफिकाबाट १०७ मिलियन पाउन्डमा भित्र्याउने सहमति गरेको बीबीसीले जनाएको छ ।

यससँगै २२ वर्षीय इन्जो बेलयातमा सर्वाधिक रकम पाउने खेलाडी समेत बनेका छन् । यसअघि म्यानचेस्टर सिटीले सन् २०२१ मा ज्याक ग्रेयलिसलाई १०० मिलियन पाउन्डमा भित्र्याएको थियो ।


इन्जो गत अगस्टमै १० मिलियन पाउन्डमा बेनफिकामा आवद्ध भएका थिए । गत डिसेम्बरमा कतारमा सम्पन्न फिफा विश्वकपको उपाधि अर्जेन्टिनाले जित्दा इन्जो विश्वकपको उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए ।


Author

थप समाचार
x