फुटबल

रोइरहेका नेयमारलाई क्रोएसियाका मिडफिल्डर पेरिसिकका छोराको सान्त्वना (भिडियो)

इकागज |
मंसिर २४, २०७९ शनिबार ११:३४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलबाट बाहिरिएपछि ब्राजिलका स्टार फरवार्ड नेयमारलाई क्रोएसियाका मिडफिल्डर इभान पेरिसिकका छोराले सान्त्वना दिएका छन् ।

शुक्रबार राति क्रोएसियाविरुद्धको क्वार्टरफाइनल खेलमा पराजय भोग्दै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो । क्रोएसियाले पेनाल्टी सुटआउटमा ब्राजिललाई ४-२ ले पराजित गरेको थियो ।


पराजयपछि नेयमार मैदानमा विक्षिप्त बनेका थिए । त्यसपछि पेरिसिकका छोरा मैदानभित्र प्रवेश गरी नेयमारलाई सान्त्वना दिएका थिए ।


Author

थप समाचार
x