फुटबल

फिफा विश्वकपः २४ लाख बढीले मैदानमै हेरे समूह चरणका खेल

इकागज |
मंसिर १८, २०७९ आइतबार ११:३५ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबलको समूह चरणका खेल मैदानमै पुगेर २४ लाख भन्दा बढी दर्शकले हेरेका छन् ।

फिफाले जनाए अनुसार २४ लाख ५० हजार दर्शकले स्टेडियममै गएर समूह चरणका खेलहरु हेरेका थिए । यो सन् २०१८ मा रुसले आयोजना गरेको विश्वकप भन्दा बढी संख्या भएको समेत फिफाले जनाएको छ ।


लुसेल स्टेडियममा भएको अर्जेन्टिना र मेक्सिकोको बीचको खेल हेर्न सबैभन्दा धेरै ८८ हजार ९ सय ९६ दर्शक पुगेका थिए । प्रतियोगितको फाइनल पनि लुसेल स्टेडियममै हुनेछ ।

सबैभन्दा धेरै दर्शक साउदी अरेबियाका रहेका छन् । साउदी अरेबियाका ७७ हजार दर्शकले खेल हेरेका थिए । त्यसपछि भारतका ५६ हजार ८ सय ९३ दर्शकले विश्वकपका खेलहरु हेरेका थिए ।

त्यसैगरी ३६ लाख भन्दा बढी दर्शकले जापान र कोस्टा रिकाबीचको खेल टेलिभिजनमा हेरेका थिए ।


Author

थप समाचार
x