फुटबल

फिफा विश्वकप : आज चार खेल हुँदै, अन्तिम १६ मा पुग्ने चार टिमको टुङ्गो लाग्‍ने

इकागज |
मंसिर १५, २०७९ बिहीबार ९:५० बजे

काठमाडौँ - कतारमा जारी फिफा विश्वकप फुटबल २०२२अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । 

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछन् । 


यो खेलहरूबाट समूह ‘एफ’बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मनीबीच खेल हुँदैछ । 

दुवै खेल नेपाली समयअनुसार राति १२:४५ बजेदेखि शुरु हुनेछ । यस खेलहरूबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ ।
 


Author

थप समाचार
x