फुटबल

फिफा विश्वकपका लागि नेदरल्यान्ड्सको टिम घोषणा

इकागज |
कात्तिक २६, २०७९ शनिबार १२:४४ बजे

काठमाडौँ- नेदरल्यान्ड्सले अनुभवी गोलरक्षक जास्पर सिलेसेनलाई बाहिर राख्दै कतारमा हुने फिफा विश्वकप फुटबलको लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ । जाभी सिमोन्स र जेरेमी फ्रिमपोङले पहिलो पटक टिममा स्थान पाएका छन् ।

नेदरल्यान्ड्सले लिभरपुलका भिरगिल भान डायक र बार्सिलोनाका लागि खेल्ने फ्रेकी डि जोङ तथा मेमफिस डिपेलाई समेत समेटेको छ ।


समूह ‘ए’ मा रहेको नेदरल्यान्ड्सले पहिलो खेल नोभेम्बर २१ मा सेनेगल, दोस्रो खेल इक्वेडरसँग २५ तारिख तथा आयोजक कतारसँग २९ तारिखमा खेल्ने तालिका रहेको छ ।

नेदरल्यान्ड्सको टिमः

गोलरक्षकः जस्टिन विजलो, एन्ड्रिज नोपर्ट र रेम्को पासभिर

डिफेन्डरः नथन अके, डिले ब्लाइन्ड, भिरगिल भान डायक, डेन्जेल डम्फ्रिज, जेरेमी फ्रिमपोङ, माथिज डि लाइट, टायरेल मालासिया, जुरियन टिमबर र स्टेफन डि भ्रिज

मिडफिल्डरः स्टेभेज बरघर्स, फ्रेकी डि जोङ, डेभी क्लासेन, टेउन कुपमाइनर्स, मार्टेन डि रुन, जाभी सिमोन्स र केनेथी टेलर

फरवार्डः स्टेभेन बर्गविन, मेमफिस डिपे, कोडी गाक्पो, भिन्सेन्ट जानसेन, लुक डि जोङ, नोआ लाङ र उड वेघोर्स ।


Author

थप समाचार
x