फुटबल

फुटबल फ्यानले कतारमा के-के अपेक्षा गर्न सक्छन् ?

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार १५:५२ बजे

काठमाडौँ- कतारले नोभेम्बर २० बाट फिफा विश्वकप फुटबलको आयोजना गर्दैछ । २९ दिनभित्रै विश्वकपका ६४ खेल हुनेछन् । जसका लागि कतारको राजधानी सहर दोहामा लाखौं फुटबल समर्थक भेला हुनेछन् । कतिपयले कतार पहिलो पटक भ्रमण गर्नेछन् । 

तर फुटबल खेलबाहेक पनि समर्थकहरुले कतारमा कैयौं कुराको मज्जा लिन सक्नेछन् । अल विडा पार्क ५ लाख वर्ग मिटरमा फैलिएको छ । यहाँ रहेको ठूलो स्क्रिनमा करिब ४० हजार समर्थकले फुटबल खेल हेर्न सक्नेछन् । यसबाहेक पनि अन्य थ्रुपै स्थान छन्, जहाँ रमाइलो गर्न सकिनेछ ।


कटारा सांस्कृतिक गाउँ

कटारा सांस्कृतिक गाउँ समर्थकहरुका लागि हेर्नै पर्ने स्थानमध्येको एक हो । यहाँको ३२ हजार ७ सय वर्ग मिटरमा फैलिएको बगैंचामा आरामदायी समय विताउन सकिनेछ । ओपेरा हाउस र एम्फीथिएटरले नियमित कलात्मक प्रदर्शनहरू आयोजना गरिरहेका हुन्छन् । क्याफे र रेस्टुरेन्टसँगै समुन्द्र तटमा समेत समय विताउन सकिन्छ । 

म्युजियम र मलहरु 

कतार कैयौं उत्कृष्ट संग्रहालयहरू र कलात्मक ठाउँहरूको घर हो । कतारको राष्ट्रिय संग्रहालयले आयोजक देशको इतिहास र विगत दशकहरूमा यसको विकासको बारेमा ठूलो विवरणमा दिन्छ । नजिकै रहेको  इस्लामिक कलाको संग्रहालयले मध्य-पूर्व क्षेत्र वरिपरि सुन्दर कलाहरु प्रदर्शन गर्दछ । यता खलिफा अन्तर्राष्ट्रिय स्टेडियममा संलग्न ३-२-१ सङ्ग्रहालय खेलकुद इतिहासका केही महान व्यक्तित्वहरूको बारेमा जानकारी दिनेछ । कतारको विभिन्न स्थानमा रहेका १४ वटा कलात्मक सपिङ मलहरु भ्रमण तथा खरिदका लागि उपयुक्त स्थान हुन सक्छ । 

आतिथ्य

कतार अनगिन्ती रेस्टुरेन्टहरूको घर पनि हो । यसको अर्थ आवश्यक हुँदा राम्रो खाना खानका लागि चिन्ता लिनुपर्दैछ । वेस्ट बेको सहरको केन्द्रमा रहेका धेरै होटलहरू अन्तर्राष्ट्रिय व्यञ्जनहरूको पस्किन्छन् । तरपनि, सुक वाकिफ जस्ता क्षेत्रहरूमा थप स्थानीय विकल्पहरू पनि फेला पार्न सकिन्छ ।

(श्रोतः युरोन्यूज)
 


Author

थप समाचार
x