फुटबल

मानवअधिकार-समर्थित जर्सी लगाउन डेनमार्कलाई रोक्यो फिफाले

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार १०:१४ बजे

काठमाडौँ- फिफाले डेनमार्कलाई कतारमा हुने फिफा विश्वकप फुटबलको अभ्यासका क्रममा मानवअधिकार-समर्थित जर्सी लगाउन रोक लगाएको छ ।

डेनमार्कले फिफासँग अभ्यासका क्रममा मानवअधिकार-समर्थित जर्सी लगाउन दिनका लागि अनुरोध गरेपछि फिफाको सो निर्णय आएको बीबीसीले जनाएको छ ।


डेनमार्कले टिमका खेलाडीहरुले अभ्यासका क्रममा लगाउने जर्सीमा ‘ह्युमन राइट्स फर अल’ नारा लेख्न पाउने कि नपाउने भनेर फिफासँग माग गरेको थियो ।

तर फिफाले भने यस्ता नारामाथि भने प्रतिबन्ध लगाएको छ ।


Author

थप समाचार
x