फुटबल

‘कतारलाई विश्वकप आयोजनाको अधिकार दिनु गलत थियो’

इकागज |
कात्तिक २३, २०७९ बुधबार १०:२२ बजे

काठमाडौँ- फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले कतारलाई फिफा विश्वकप २०२२ को आयोजना अधिकार दिनु गल्ती रहेको बताएका छन् । सन् २०१० मा कतारलाई विश्वकप आयोजनाको अधिकार दिदाँ ८६ वर्षीय ब्लाटर अध्यक्ष रहेको बीबीसीले जनाएको छ ।

समलिंगी सम्बन्ध, मानव अधिकार तथा आप्रवासी कामदारप्रति देखाएको व्यवहारका कारण आयोजक कतारले चौतर्फी आलोचना खेपिरहेको छ ।


ब्लाटरका अनुसार उनीसँग कतारलाई सन् २०२२ को विश्वकप आयोजनाका लागि अधिकार नदिने अधिकार रहेको थियो । ब्लाटरले बीबीसीको रेडियो ५ लाइभ पोडकास्टका क्रममा उक्त भनाइ राखेका हुन् ।

ब्लाटरले फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजनाका लागि कतार सानो देश भएको समेत बताए ।

कतारले नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म विश्वकप आयोजना गर्दैछ ।


Author

थप समाचार
x