अर्थ / बाणिज्य

दसैँ लक्षित चीनबाट आउने सामान नाकामै अड्किए

कमल धिताल |
असोज ११, २०७८ सोमबार १५:२ बजे

काठमाडौँ – दसैँ भन्नासाथ हाम्रो मनमस्तिस्कमा नयाँ लुगा लगाउने र मीठो खाने पर्वको झल्को आउँछ । साना होस् वा ठूला सबैलाई दसैंको बेग्लै महत्व छ । असोज महिना लागेपछि बजारमा दसैंको चहलपहल सुरु हुने गर्छ । गाउँका मानिसहरु किनमेलका लागि बजार आउन थाल्छन् । दसैंको महत्व अझ बच्चाहरूका लागि विषेश हुने गर्छ । लामो समय विद्यालय बिदा भएर दसैंका लागि घर जाने छुट्टै रौनक हुने गर्छ ।

असोजको झन्डै मध्यतिर आइपुग्दा बजारमा दसैंको रौनक सुरु हुन थालेको देखिन्छ । यातायात व्यावसायीले यसपालि अनलाइनबाटै दसैंको टिकट सुरु गरेका छन् । कोभिड-१९ महामारी कम नभएकोले अनलाइनबाट बसको टिकट काट्ने सुविधा मिलाएको छ । बिग्रेका राजमार्ग मर्मत गर्ने यातायात व्यवस्था विभागको आश्वसन पछि टिकट खोल्न व्यावसायी सहमत भएको हुन् ।


गत वर्ष झै यस वर्ष पनि कपडा छनोटमा भने सम्झौता गर्नुपर्ने भएको छ । बजारमा पर्याप्त चिनियाँ कपडा नआउँदा उपभोक्ता यसपालि पनि छनोटको अवसरबाट बन्चित भएको छन् । महाबौद्धमा कपडाको होलसेल गर्दै आएका समुन गौतम गत वर्ष तुलनामा यसपाली चिनियाँ सामान आयात झनै कम भएको बताउँछन् । बाटोको समस्याले गर्दा यो वर्ष ग्राहकहरुले चिनियाँ समान खरिद गर्दा सम्झौता गर्नुपर्ने गौतम बताउँछन् । कतिपय व्यापारीको कन्टेनर चिनियाँ नाकामै थन्किएको छ ।

बजारमा चिनियाँ सामानको कमि भएपछि व्यापारीले भएको सामानमा अत्याधिक मूल्यबृद्धि गर्न थालेका छन् । अनुगमनको जिम्मा पाएको वाणिज्य विभागले चाडवाड हेररमात्र अनुगमन गर्ने हुँदा नेपालको व्यापार क्षेत्र अराजक बनेको छ । ललितपुरमा व्याग तथा जुत्ता व्यापार गर्दै आएकी आर्जु केसी श्रेष्ठ बजारमा चिनियाँ सामान अत्याधिक अभाव हुँदा होलशेल व्यापारीले सामानको मूल्य व्यापाक बृद्धि गरेको बताउँछिन् । 'बजार गयो सामान छान्दा व्यापारीले मूल्य बढेको छ भन्छन् ग्राहकसँग डिल गर्न निकै गाह्रो हुन्छ' उनले भनिन् । सामान मूल्य बढेपछि  ग्राहकहरुलाई कन्भिन्स गराउनै गाह्रो हुने उनी बताउँछिन् ।

नेपाली सामान विकल्पमा

चिनियाँ सामानको अभाव भएपछि व्यापारीहरुले विकल्पमा नेपाली सामानहरु विकल्प बन्दै गएको छ । नेपाली प्रडक्ट भनेपछि मुख खुम्चाउने एक पुस्ता हाल यसतर्फ आकर्षित हुन थालेका छन् । नेपालमा उत्पादन हुने सामानहरु थप परिसकृत हुँदै गएको छ । कुमारीपाटीमा खुद्रा व्यापार गर्दै आएका सीमान्त बजगाईं चिनियाँ सामान अभावमा नेपाली प्रडक्ट बेच्न सुरु गरेको बताउँछन् । 'केही चीनबाट आउने सामान प्रत्येक वर्ष अभाव हुने हुँदा नेपाली सामान बेच्न थालेको र ग्राहकहरु पनि हाल नेपाली सामानहरु खोज्न थालेको छन्' उनले भने । चिनियाँ सामान अभाव हुँदा नेपाली सामानको माग बढ्ने व्यापारीहरू बताउँछन् ।  

नेपाली गार्मेन्टलाई भ्याई नभ्याई

चिनियाँ सामानको अभाव भएपछि नेपाली तयारी पोशाक उद्योगलाई भने फाइदै भएको देखिन्छ । कोरोनाले थलिएको नेपाली गार्मेन्टलाई चिनियाँ नाकाको कडाईले केहि राहत दिएको छ । चिनियाँ सामानको अभाव भएपछि रन्जना तथा महाबौद्धका व्यापारीहरु नेपाली गार्मेन्टप्रति आकर्षित हुन थालेका छन् । चिनियाँ सामान अभाव हुँदा नेपाली व्यापारीहरु आफ्नो गार्मेन्टमा सामान अर्डर गर्ने आउने भोटेबाहालमा गार्मेन्ट होलसेल व्यापार गर्दै आएका सबिर नादाफ व्यापार कोरोनाले व्यापार त्यति नबढेको बताउँछन् । नेपाली व्यापारीहरुको मागमा आफ्नो गार्मेन्टमा कामको अभाव नभएको बताउँछन् । 'चीनको सामान बजारमा नआउँदा व्यापारीहरुले विन्डसिटर ज्याकेटहरु अर्डर गरेका छन् ' उनले भने । चिनियाँ सामानको अभाव भएपछि नेपाली गार्मेन्ट व्यावसाय फस्टाएको छ । नयाँ बजारमा गार्मेन्ट व्यवसाय गर्दै आएका रहमन अस्लाम केहि वर्षयता रन्जनामा होलसेल गर्ने व्यापारीहरु प्रत्येक दिन आफ्नो गार्मेन्टमा आउने गरेको बताउँछन्। उनको गार्मेन्टमा अर्डर अनुसारको पाइन्ट तथा सर्ट लगायतको सामान बन्ने गरेको छ ।

के छ भन्सार अवस्था

कोभिड-१९ पछि नेपालमा चिनियाँ सामानको आयात निकै कम रहेको रसुवा भन्सार अधिकृत रामप्रसाद रेग्मी बताउँछन् । हाल दैनिक ७ ओटा मात्र कन्टेनरमा सामान आयत हुने गरेको छ । चिनियाँ पक्षले क्वारेन्टिनमा नबसेका ड्राइभरहरू चीनतर्फ नलाने भएकाले दैनिक रुपमा ७ कनेटेनर सामान मात्र नेपाल भित्रिन पाएको छ । फलफुल तथा औषधी भएको बेला दिउँसो थप दुई कन्टेनर पठाउने रेग्मीले जानकारी दिए । उता तातोपानी भन्सारबाट भने दैनिक रूपमा २० कन्टेनर आउने गरेको उद्योग बाणिज्य बिभागका अधिकारी श्रीधर गौतम बताउँछन् । तातोपानी भन्सारमा रसुवा भन्सार भन्दा सामान सामान लोड गर्न सजिलो भएको कारण हाल २० वटा कन्टेनर आउने गरेको बताए । 'तातोपानी साइडमा हुक एण्ड ड्रप सिस्टम हुँदा मानिसको संलग्नता नहुने हुँदा चिनियाँ पक्षले कडाई गरेको छैन' उनले भने ।

कोभिड-१९ लाई दोष

नेपाल तर्फ सिमित कन्टेनर मात्र छाडको चीनले यसको मुख्य कारण भने कोभिड-१९ लाई देखाएको छ । रसुवा भन्सारमा कम कन्टेनर छाडेको चिनियाँ पक्षले हाल तातोपानी तर्फबाट भने १० कन्टेनर थप गरि हाललाई २० कन्टेनर नेपालतर्फ पठाएको गरेको उद्योग बाणिज्य मन्त्रालयका उपसचिव श्रीधर गौतम बताउँछन् । हाललाई नेपाल भित्रिने अधिकांश कन्टेनर तातोपानी भन्सारबाट भित्रिएको गौतम बताउँछन् । रसुवा भन्सारमा हुक एण्ड ड्रप सिस्टम नभएकाले पनि नेपालतर्फ बाट सामान लिन जाने व्यापारी तथा ड्राइभरहरु अनिवार्य क्वारेन्टीनमा बस्नु परेको तातोपानी भन्सार अधिकृत रामप्रसाद रेग्मी बताउँछन् ।  रेग्मी भन्छन् चिनियाँ पक्ष सकेसम्म मानव सम्पर्क नहोस् भन्ने चाहान्छ र चीन तर्फ जाने व्यापारी तथा ड्राइभरहरु क्वारेन्टीनमा अनिवार्य बस्नुपर्ने बताउँछ ।


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x