अर्थ / बाणिज्य

सुनको मूल्य फेरि बढ्‌यो, नयाँ रेकर्ड कायम

इकागज |
चैत २८, २०८० बुधबार १२:२ बजे

काठमाडौँ- स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ । 

मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । 


त्यस्तै तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ । 

यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ ।
 


Author

थप समाचार
x