अर्थ / बाणिज्य

'न्यू इयर इभ'मा ठमेलमा सडक महोत्सव हुँदै

इकागज |
चैत २८, २०८० बुधबार १२:० बजे

काठमाडौँ- नेपाली नयाँ वर्ष २०८१ लाई स्वागत गर्न ठमेलमा 'न्यू इयर इभ' ठमेल सडक महोत्सव हुने भएको छ । शुक्रबार साढे ६ बजेदेखि ठमेलस्थित त्रिदेवीमार्गमा नेपाली नयाँ वर्ष २०८१ लाई सडक महोत्सव गर्न लागेको ठमेल पर्यटन विकास परिषद्‌ले जनाएको छ ।

बुधबार ठमेलमा आयोजित पत्रकार सम्मेलनमा परिषद्‌का अध्यक्षले नयाँ वर्षलाई स्वागत गर्न सडक महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको उपस्थिति रहने जानकारी दिए ।


उनका अनुसार महोत्सवमा नेपाली मौलिक कला विशिष्ट व्यक्तिहरूबाट शुभकामना सन्देश आदानप्रदान गर्ने कार्यक्रम छ । विभिन्न सांगीतिक तथा सांस्कृतिक कार्यक्रम हुनेछ ।

महोत्सवमा व्यवसायीहरूले आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गर्न सक्ने अध्यक्ष भवि शर्माले बताए । 'ठमेललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आकर्षक गन्तव्यको रूपमा परिचित गराउने अभियानमा छौँ,' उनले भने ।

ठमेललाई एउटा मौलिक गन्तव्यस्थल रहेको उनले बताए । उनले ठमेलका व्यवसायीलाई सडकसम्म आफ्ना वस्तु तथा सेवाको प्रवर्द्धन गर्न उनले आग्रह गरे ।

महोत्सवमा सुरक्षाको व्यवस्थापन गर्न सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा मजबुद बनाइएको शर्माले उल्लेख गरे । 

त्यसैगरी महोत्सवलाई ठमेलको तारलाई व्यवस्थापन र सडक पिच गरिएको शर्माको भनाइ छ । ठमेल पर्टयन परिषदले काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीको समन्वयमा ठमेलमा सीसीटीभी जडान गरिएको उनले जानकारी दिए ।

नयाँ वर्षको पूर्व सन्ध्यामा मानिसहरूको भीडभाड बढी हुने भएकाले ट्राफिक व्यवस्थापनमा समस्या हुने भएकाले ठमेल प्रवेश गर्ने सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गरिदिन उनले अनुरोध गरे ।


Author

थप समाचार
x