अर्थ / बाणिज्य

बजेट बनाउन अर्थ मन्त्रालयले माग्यो सुझाव

इकागज |
चैत १९, २०८० सोमबार १४:५० बजे

काठमाडौँ- अर्थ मन्त्रालयले बजेट बनाउन सबैसँग सुझाव मागेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरिरहेको छ ।

मन्त्रालयले एक सूचना प्रकाशित गर्दै बजेट तथा कार्यक्रमका लागि सबैसँग सुझाव मागेको हो ।


मन्त्रालयले विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकहरूलाई आगामी वैशाख मसान्तभित्र बजेटमा सुझाव दिन आग्रह गरेको छ । 

त्यसका लागि मन्त्रालयको वेबसाइटमा रहेको बजेट सजेसनमा गएर वा इमेल पठाएर सुझाव दिन मन्त्रालयले भनेको छ । 


Author

थप समाचार
x