अर्थ / बाणिज्य

एप्पललाई ५०० मिलियन यूरो जरिवाना तिराउने इयूको तयारी

इकागज |
फागुन ७, २०८० सोमबार ११:१९ बजे

काठमाडौँ- युरोपियन युनियन (इयू) ले टेक्नोलोजी जायन्ट एप्पललाई ५ सय मिलियन यूरो जरिवाना तिराउने तयारी गरेको छ ।

संगीत 'स्ट्रिमिङ' सेवाहरूमा पहुँचको लागि इयूको कानून तोडेको आरोपमा इयूले एप्पललाई पहिलो पटक जरिवाना लगाउन लागेको फाइनान्सियल टाइम्सले जनाएको छ ।


लामो समयको अनुसन्धानपछि एप्पलविलाई जरिवाना तिराउन लागिएको बताइएको छ । फाइनान्सियल टाइम्सले जनाएअनुसार मार्चमा उक्त निर्णय हुन सक्नेछ ।

युरोपियन कमिसनले एप्पलले संगीत बजाउनका लागि आफ्नो प्लेफर्म प्रयोग गरेको अथवा नगरेको भन्दै लामो समयदेखि उक्त विषयमा छानबिन गरिरहेको थियो ।

खासमा संगीत 'स्ट्रिमिङ' एप स्पोटिफाइले सन् २०१९ मा एप्पलविरुद्ध उजुरी गरेपछि छानबिन सुरु गरिएको थियो ।


Author

थप समाचार
x