अर्थ / बाणिज्य

भूकम्प प्रभावितलाई सिटी एक्सप्रेस ग्रुपले २५ लाख रुपैयाँ सहयोग गर्ने

इकागज |
कात्तिक २०, २०८० सोमबार १४:१९ बजे

काठमाडौँ– सिटी एक्सप्रेस ग्रुपले जाजरकोट र रुकुम पश्चिममा गत शुक्रबार रातीको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरूको लागि २५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ । 

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आमजनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनःस्थापनामा सहयोग पुगोस् भन्ने हेतुले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो । 


शुक्रबार राति कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ ।

सिटी एक्सप्रेसले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्यलाभकाे कामना समेत गरेकाे छ ।


 


Author

थप समाचार
x