फेसन

'मिस्टर वर्ल्ड' नेपाल भित्र्याउने 'मिस्टर नेपाल' आयोजकको दाबी

इकागज |
साउन ४, २०८० बिहीबार १५:४ बजे

काठमाडौंँ -  ‘मिस्टर नेपाल’ आयोजक नेक्स्ट मोडल्स नेपालले यो पटक ‘मिस्टर वल्र्ड’को ताज नेपालमा आस गर्न सकिने बताएका छन् । ‘मिस्टर नेपाल’का प्रतियोगीका रुपमा यो पटक एकसेएक प्रतियोगी रहेकोले मिस्टर नेपालको उपाधि जसले जितेपनि मिस्टर वल्र्ड नेपाल भित्र्याउन प्रतियोगी सक्षम रहेको नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाको धारणा रहेको थियो ।

‘यो पटक हामीले प्रतियोगीको प्रशिक्षणदेखि हरेक कुरो उत्कृट गरेका छौ’, धमलाले भने ‘मलाई विश्वास छ । यो पटक ‘मिस्टर वल्र्ड’को ताज नेपाल आउने छ ।’ मिस्टर नेपालमा बिगतका भन्दा उत्कृष्ट प्रतियोगी यसपटक रहेको धमलाले दाबी गरे ।बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा नेक्स्ट मोडल्स नेपालले प्रतियोगी सार्वजनिक गर्दै तयारीको समेत जानकारी दिएको छ ।


कार्यक्रममा कोरियोग्राफर प्रशान्त ताम्राकारले प्रतियोगीको बिबिधताबारे जानकारी दिए । यो पटक मिस्टर नेपालका प्रतियोगी हरेक पक्षबाट सक्षम रहेको अभिनेता तथा प्रतियोगिताको कोरियोग्राफर प्रशान्त ताम्राकारले बताए ।‘हामीले प्रतियोगीलाई प्रतियोगिता केन्द्रित भन्दापनि जीवन उपयोगी प्रशिक्षण दिएका छौ’, ताम्राकारले भने ‘उपाधि एउटाले जित्छ । अधिकांस प्रतियोगिताको फम्र्याट त्यस्तै हो । तर समाजमा सबै प्रतियोगी अब्बल भने देखिनेछन् ।’ प्रतियोगितामा डाक्टर, इन्जिनियर, पाइलट, चार्टर एकाउन्टेन लगायतका व्यक्ति प्रतियोगीका रुपमा रहेको जानकारी दिएका ताम्राकारले समाजमा पुरुष सौन्दर्य प्रतियोगीतालाई हेर्ने दृष्टिकोणसमेत बिस्तारै फेरिएको धारणा राखे ।

१५ औं संस्करणसम्म एक्सपोज नेपालले आयोजना गरेको प्रतियोगीता गत बर्षबाट नेक्स्ट मोडल्सले आयोजना गर्दै आएको हो ।कार्यक्रममा एक्सपोज नेपालकी अध्यक्ष अर्चना थापाले नेक्स्ट मोडल्सले उत्कृष्ट प्रतियोगिता गर्ने अपेक्षा सहित मिस्टर नेपाल जिम्मा दिएको जानकारी दिइन् । ‘मिस्टर नेपाल देशकैै उत्कृष्ट प्रतियोगिताको रुपमा चिनाउने उद्देश्यले आयोजना गर्दै आएका थियौँ । बिचमा मेरो स्वास्थ्यले साथ दिएन’, थापाले भनिन् ‘नेक्स्ट मोडल्सले मेरो विश्वास कायम राखेको छ ।’ 

कार्यक्रममा २० अन्तिम प्रतियोगी समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा सबै प्रतियोगीले आफ्नो परिचयको अलवा प्रतियोगितामा आउनुको उद्देश्य समेत मिडिया समक्ष राखेका थिए ।

प्रतियोगीमा निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) रहेका छन् । निमेश कपाली (काठमाडौंँ), राजन ऐयर (महेन्द्रनगर), असिम लामिछाने (भक्तपुर), रोहित भाट (कन्चनपुर), रोहिम धौभडेल (भत्तपुर), समर्पण कार्की (बिराटनगर), लोकेश प्रधानाङ्गा (ललितपुर), रिकेश प्रसाई (झापा), विजय दुवाडी (चितवन), राजीव तिवारी (गोर्खा) अनुभव जोशी (ललितपुर), आयन राज चौधरी (सर्लाही), मिकाज कार्की (ललितपुर), डायमण्ड ढुंगाना (अछाम), रमननाथ गिरी (मोरङ), स्वप्निल अधिकारी (पोखरा), प्रेमकुमार यादव (जनकपुर), दीपेन्द्र शाही (पोखरा), क्रिशल श्रेष्ठ (काभ्रे), प्रविण पाठक (झापा) लगायत प्रतियोगी छन् । प्रतियोगीका प्रतियोगीता बिद्यार्थीदेखि डाक्टर, इन्जिनियर, पाइलट, चार्टटर एकाउन्टेन लगायत बिभिन्न फिल्डबाट सहभागी छन् ।   

न्युलुक ‘मिष्टर नेपाल २०२३’को नामबाट आयोजना हुन लागेको प्रतियोगिताको ग्रान्ड फाइनल आगामी शनिबार दरबारमार्गस्थित होटल याक एन्ड यतिमा एक भब्य समारोहकाबीच आयोजना हुँदैछ । प्रतियोगितामा शीर्षसहित विभिन्न विधागत गरेर १२ विजेता छानिनेछ । शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिस्टर ग्लोबल २०२३’मा नेपालको प्रतिनिधित्वको अलावा ५ लाख बराबरको पुरस्कार जित्न सक्नेछन् । प्रतियोगिताको शीर्षसहित अन्य ४ महत्वपूर्ण विधाका विजेताले पनि यो पटकबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ । 

​देशभर आयोजना भएको अडिसनमा छानिएका उत्कृष्ट २० प्रतियोगीलाई फाइनलका लागि आयोजकले स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङ लगायतका दर्जन बढी बिधामा प्रशिक्षण दिएको छ । ​युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले २००१ देखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुको सहभागिता रहेको नेक्स्ट मोडल्स नेपालकी प्रबन्ध निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।प्रतियोगिताको फाइनल स्पर्धामा अभिनेत्री आँचल शर्मा, पुर्व मिस नेपाल माल्भिका सुब्बा, डा.आयुष्मान घिमिरे, शैलजा अधिकारी, विश्व किरण जैन लगायत निर्णायक रहेका छन् ।


Author

थप समाचार
x