वातावरण

तराईमा बाक्लो हुस्सु, पहाडमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

इकागज |
माघ १, २०८० सोमबार ६:२५ बजे

फाइल फोटो

काठमाडौं - हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, कर्णाली, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ। साथै, तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ।


दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।  यी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती भने देशको मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपातको सम्भावना छ।

साथै, पश्चिम तराईका केही स्थानहरूमा बिहानपख लागेको हुस्सु/कुहिरो मध्यान्न सम्ममा तथा मध्य तथा पूर्वी तराईका धेरै स्थानहरूमा लागेको हुस्सु/कुहिरो अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने महाशाखाले जनाएको छ 

हुस्सु, पानी र हिमपातका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Author

थप समाचार
x