वातावरण

काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझै बढ्ने

इकागज |
पुस ५, २०८० बिहीबार १४:५७ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।

बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो भने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताए । उनले भने, 'काठमाडौँमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै  कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।' 


काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Author

थप समाचार
x