स्थानीय तह निर्वाचन २०७९

निर्वाचन आयोगको बद्‌नियतले पीडा दियो : मेयर आचार्य

इकागज |
जेठ ११, २०७९ बुधबार १९:५० बजे

पोखरा- पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको बद्‌नियतका कारण पोखरामा गठबन्धनलाई पिडा दिएको बताएका छन् । आयोगकै कारण धेरै मत बदर भएकाले गठबन्धनको उपमेयर पराजित भएको उनको धारणा थियो ।

बुधबार आयोजना गरिएको विजयी र्‍याली पछिको सभामा उनले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया संवैधानिक निकायको मर्यादामा नबसेको भन्दै चर्को आलोचनासमेत गरे । पोखरामा बुधबार आयोजित विजय सभामा बोल्दै नवनिर्वाचित मेयर आचार्यले सो कुरा बताएका हुन् ।


उनले भने, ‘उहाँ (दिनेशकुमार थपलिया) को यही खालको रवैया, यही खालको गतिविधि र भाइ बन्दी गर्ने हो पदमा बसिरहन नैतिक अधिकार छैन ।’ उनले थपलियाले आफैले आफैलाई नैतिक अधिकार के हो ? भनी सोध्न जरुरी रहेको बताए । उनले भने, ‘तपाई संवैधानिक निकायको मर्यादामा बसिदिनोस् । निर्वाचन आयोग यति धेरै बद्नियत हुनुपर्ने थिएन । तराईका जिल्लामा ५० प्रतिशत बढी मत बदर भएको छ । तपाईंको कार्यक्षमतामाथि प्रश्न निर्वाचन आयोगमाथि उठेको छ । तपाईंले जवाफ दिनु जरुरी छ । यो खालको बद्नियत गर्न मिल्दैन ।’

उनले निर्वाचन आयोगको रवैया नभएको भए आफूले २७ हजार बढी मतान्तरले चुनाव जित्ने र गठबन्धनतर्फबाट उपमेयरको पनि १६ हजार मतान्तर हुने दाबी गरे उनले अध्याँरो कोठामा बसेर षड्यन्त्रको जालो बुनिएको पनि आरोप लगाए ।


Author

थप समाचार
x