स्थानीय तह निर्वाचन २०७९

तुलसीपुर उपमहानगरको मेयर र उपमेयर दुवैमा एमालेको अग्रता कायमै

इकागज |
जेठ ११, २०७९ बुधबार ११:२४ बजे

काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवैमा एमालेले अग्रता कायमै राखेको छ । 

पछिल्लो मतपरिणाम अनुसार मेयरमा एमालेका टीकाराम खड्काले ३० हजार ५६८ मत पाएका छन् । उनलाई पछ्याइरहेका कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ४३ मत पाएका छन् । उनीहरूबीचको मतान्तर ३ हजार ५२५ रहेको छ । 


नेपाल लोकतान्त्रिक पार्टीका धनश्याम चौधरी १ हजार ८५ मतसहित तेस्रो स्थानमा छन् । 

उपमेयरमा पनि एमालेकी स्यानी चौधरीले अग्रता लिइरहेकी छिन् । एमालेकी स्यानीले २९ हजार ८३५ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २० हजार ४९१ मत पाएका छन् ।

राप्रपाका प्रेमबहादुर शाह २ हजार ३६ मतसहित तेस्रो स्थानमा छन् । 

२०७४ सालको निर्वाचनमा यस उपमहानगरमा मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको थियो । 

दाङको अर्को उपमहानगर घोराहीको मतपरिणाम सार्वजानिक भइसकेको छ । घोराहीको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको थियो । मेयरमा नरुलाल चौधरी र उपमेयरमा हुमाकुमारी डिसी निर्वाचित भएकी छन् । 


Author

थप समाचार
x