स्थानीय तह निर्वाचन २०७९

कांग्रेस कार्यकर्ताबाट कुटाइ खाएका दीपक जोशी १२ मतले पछाडि परे

इकागज |
जेठ ७, २०७९ शनिबार १६:२९ बजे

काठमाडौँ– तनहुँको व्यास नगरपालिकामा भइरहेको मतगणनामा नेपाली कांग्रेसका बैकुण्ठ न्यौपाने र स्वतन्त्र उम्मेदवार दीपकराज जोशीबीच प्रतिस्पर्धा तीव्र छ । १७,३०० मत गणना हुँदा जोशीलाई नेपाली कांग्रेसका न्यौपानेले १२ मतले उछिनेका छन् । 

व्यास नगरका पूर्व मेयर समेत रहेका न्यौपानेले ७,४६५ मत ल्याउँदा कैचीं चिन्ह लिएर एमालेको समर्थनमा उठेका स्वतन्त्र उम्मेदवार जोशीले ७,४५३ मत ल्याएका छन् । 


जोशी पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीका छोरा हुन् । गोविन्दराज जोशी र रामचन्द्र पौडेलबीचको मनमुटाव दोस्रो पुस्तासम्म आइपुगेको छ । दीपक जोशीलाई व्यास नगरको मेयरमा एमालेले समर्थन दिएको थियो । 

स्थानीय निर्वाचनको दिन वैशाख ३० गते व्यास नगरपालिकाको रिस्तीमा कांग्रेसका कार्यकर्ताबाट कुटीएर अस्पतालमा उपचारपछि जोशी हिजो मात्रै डिस्चार्ज भएका हुन् । 
 


Author

थप समाचार
x