स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुको अग्रता कायमै, एमालेका सुवेदीभन्दा ५५१८ मतले अगाडि

इकागज |
जेठ ७, २०७९ शनिबार ११:२२ बजे

चितवन– चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयर उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार ५ सय १८ मतले अग्रता लिएकी छन् । हालसम्म ७३ हजार ७ सय ८७ मतगणना हुँदा उनले २८ हजार ६ सय ८ मत प्राप्त गरेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले २३ हजार ९० मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार १३ मत पाएका छन् ।


त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ३० हजार ९ सय १ र राप्रपाकी हिमला गुरुङले १७ हजार ९ सय २० मत  प्राप्त गरेकी छन् ।

मुख्य निर्वाचन अधिकृत कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार महानगरको १४ वडासम्मको मतगणना सम्पन्न भइसकेको छ भने अहिले वडा १५ र १६ को मतगणना जारी छ । 

महानगरमा २९ वडा छन् । कुल १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । जम्मा मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।


Author

थप समाचार
x