शिक्षा

इस्लिङ्टन कलेजद्वारा १५७ विद्यार्थीलाई ४.५ करोड बराबरको छात्रवृत्ति प्रदान

इकागज |
चैत २५, २०८० आइतबार २०:१२ बजे

काठमाडौँ- इस्लिङ्टन कलेजले एएए छात्रवृत्ति समारोह २०२४ को आयोजना गर्दै यस शैक्षिक सत्रमा प्राज्ञिक, अनुशासन र सहभागिताका क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल विद्यार्थीहरूलाई पुरस्कृत गरिएको छ ।

एकेडेमिक्स (प्राज्ञिकता), अटेन्डेन्स (उपस्थिति र हाजिरी) र अटिट्युड (आचरण)लाई एकै सुत्रमा बाँध्ने यस एएए छात्रवृत्तिको उद्देश्य शैक्षिक शुल्कमा शतप्रतिशत छात्रवृत्तिमार्फत विद्यार्थीहरूलाई शैक्षिक सत्रभर उत्कृष्ट अध्ययन गर्न प्रोत्साहित गर्नु रहेको कलेजले जनाएको छ ।


​यस छात्रवृत्तिको यस संस्करणमा आवेदकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो भने छनोट प्रकृया पनि निकै चुनौतीपूर्ण साबित भएको कलेजले जनाएको छ । लगभग रु ४.५ करोड पुरस्कार राशीको यस छात्रवृत्तिका लागि प्राज्ञिक तथा अन्य सम्बन्धित सदस्यहरूले योग्यताका आधारमा १५७ उत्कृष्ट विद्यार्थीहरू छनोट गरिएको थियो ।

यिनै विद्यार्थीहरूको सम्मानमा आयोजित यस समारोहमा उनीहरूलाई आफ्ना हर्षित परिवार जन तथा सम्पूर्ण कलेज परिवारका माझ इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकीले पुरस्कार प्रदान गरेका थिए ।

यो छात्रवृत्ति कार्यक्रम छोटो समयमै विद्यार्थीहरूका लागि आफ्नो उत्कृष्टता प्रदर्शन गर्ने एउटा अद्भुत अवसर बन्न सफल भएको कलेजको भनाइ छ । यसको परिकल्पना विद्यार्थीहरूलाई सक्रिय रूपले विभिन्न गतिविधिहरूमा संलग्न गराउँदै शैक्षिक अग्रता हासिल गर्न प्रोत्साहन दिन गरिएको हो जसले गर्दा उनीहरूको समग्र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।


Author

थप समाचार
x