शिक्षा

त्रिविको लापर‍बाही : उत्तर पुस्तिका हरायो, एक वर्षपछि पुनः परीक्षा लिँदै

इकागज |
चैत १५, २०८० बिहीबार २१:११ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले उत्तर पुस्तिका हराएका दुईवटा विषयहरूको एक वर्षपछि पुनः परीक्षा लिने भएको छ ।

स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२ ) र शिक्षा शास्त्र संकाय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२ ) का विषयको पुनः परीक्षा हुने भएको हो ।


त्रिभुवन विश्वविद्यालय रजिस्ट्रारको कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका अनुसार यी दुई विषयको पुनः परीक्षा चैत २१ गते हुने छ । यी विषयको परीक्षा गत वैशाखमा भएको थियो ।

उत्तरपुस्तिका हराएको विषय छानबिनका लागि त्रिविले पूर्वरजिष्ट्रार प्रा.डा. चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिले विस्तृत छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्नेछ । साथै उक्त समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने पनि त्रिविले जनाएको छ ।


Author

थप समाचार
x