शिक्षा

जेडिएस छात्रवृत्तिमा १६० नेपाली सरकारी कर्मचारी जोडिए

इकागज |
फागुन १२, २०८० शनिबार ९:२६ बजे

काठमाडौँ- मानव संसाधन विकास छात्रवृत्ति (जेडिएस)को लागि परियोजनाको फलोअप सेमिनारको सामाजिक कार्यक्रम बिहीबार काठमाडौँ भएको छ ।

उक्त परियोजना अन्तर्गत जापान सरकारको सहयोगमा सन् २०१६ देखि नेपालका युवा सरकारी अधिकारीहरूलाई प्रतिष्ठित जापानी विश्वविद्यालयहरूमा दुई वर्षे स्नातकोत्तर र तीन वर्षे डाक्टर (पीएचडी) पाठ्यक्रमहरू उपलब्ध गराउँदै आएको छ । 


उक्त कार्यक्रममार्फत जापानमा १६० जनाभन्दा बढी नेपाली सरकारी अधिकारीहरूले अध्ययन गर्ने अवसर पाएको नेपालस्थित जापानी दूतावासले जनाएको छ ।

आफ्नो अध्ययन पूरा गरेपछि उनीहरूले नेपालको सामाजिक र आर्थिक विकास योजनाहरू कार्यान्वयन गर्नका साथै जापान र नेपालबीचको द्विपक्षीय सम्बन्धको विस्तार र अभिवृद्धिमा योगदान पुर्‍याउन सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको नेपालका लागि जापानका राजदूत युताका किकुताले बताए ।

राजदूत किकुताले फर्किएका जेडिएस फेलोहरूलाई उनीहरूले अध्ययन सफलतापूर्वक पूरा गरेकोमा बधाई दिएका थिए ।


Author

थप समाचार
x