शिक्षा

सरकार र शिक्षकहरूको वार्ता निष्कर्षविहीन

इकागज |
असोज ४, २०८० बिहीबार १०:१५ बजे

काठमाडौँ- सरकारले संसद्‌ सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता सुरु गरेको छ ।

बिहीवार बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरू गरेका हुन् ।


यद्यपी गृहमन्त्री श्रेष्ठसँगको वार्ता निष्कर्षविहीन भएको छ । वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो ।

छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेको उनले बताए । उनले आन्दोलन बानेश्वरबाट माईतीघरसम्म हुने बताए ।

संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।


Author

थप समाचार
x