रोग र उपचार

पाठेघरको मुखको क्यान्सर रोक्न महानगरपालिकाले हजार जनाको स्क्रिनिङ गर्नुपर्ने

इकागज |
साउन ४, २०७९ बुधबार १९:३८ बजे

फाइल तस्बिर

काठमाडौँ- अबदेखि स्थानीय तहले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा व्यवस्थापन गर्न स्क्रिनिङ गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशनमा ३० देखि ६० वर्ष उमेर समूहका मानिसको स्क्रिनिङ गर्नुपर्ने भएकाे हाे ।

गाउँपालिकाले ५० देखि १०० जना, नगरपालिकाले ३०० देखि ५०० जनाको गर्नुपर्ने छ । त्यस्तै उपमहानगरपालिकाले ५ सयदेखि ७ सयजनाको गर्नुपर्ने छ । भने महानगरपालिकाले १ हजार जनाको पाठेघरको मुखको स्क्रिनिङ गर्नुपर्ने उक्त मार्ग निर्देशनमा उल्लेख गरिएकाे छ ।



Author

थप समाचार
x