कूटनीति

सिन्धुलीमा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि जापानी सहयोग

इकागज |
फागुन ९, २०८० बुधबार १९:३१ बजे

काठमाडौँ - सिन्धुलीमा नयाँ स्वास्थ्य चौकी निर्माणका लागि नेपाल र जापान सरकारबीच सहमति भएको छ । काठमाडौंस्थित जापानी राजदूतावासमा आज स्वास्थ्य चौकी निर्माणका लागि हस्ताक्षर भएको हो । 

 जापानका राजदूत किकुता युताका र  सहकार्य नेपालकी सिरमला तामाङले अनुदान सम्झौतामा हस्ताक्षर गरेका छन् । स्वास्थ्य चौकी निर्माणका लागि जापानले नेपाली ९७ लाख अनुदान सहयोग गरेको छ । 


गोलन्जोर गाउँपालिका वडा नम्बर १ मा रहेको स्वास्थ्य चौकीको पुनर्निर्माणमा जापान सरकारले सहयोग गरेको छ । जुन स्वास्थ्य चौकी ४० वर्षअघि निर्माण भएको थियो । जुन जीर्ण अवस्थामा छ । 

नयाँ पुनर्निर्माण हुने स्वास्थ्य चौकी आवश्यक सबै चिकित्सा सेवासहितको हुनेछ ।  


Author

थप समाचार
x