कूटनीति

कात्तिक २० गते कतारी राजा काठमाडौँ आउँदै

नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने

अतिन आचार्य |
कात्तिक ३, २०८० शुक्रबार १९:१९ बजे

फाइल

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडैलको निमन्त्रणामा दुई दिने भ्रमणमा कतारी राजा शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका लागि राजकीय भ्रमणका लागि उनी आउने भएका हुन् । २० जनाको टोलीसहित थानी कात्तिक २० गते नेपाल आइपुग्ने छन् ।


दुई दिने भ्रमणका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट गर्ने स्रोतले इकागजलाई बताएको छ । भ्रमणका क्रममा नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता हुने पनि स्रोतले उल्लेख गरेको छ ।

कतारबाट भ्रमण टोलीमा सम्झौता गर्नका लागि सम्बन्धित निकायका अधिकारीहरू समेत आउने भएका छन् ।

सूचना तथा सञ्चार र स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने सम्झौता हुने छ । शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा समेत सहमति हुनेछ ।

कतारको सार्वजनिक अभियोजन कार्यालय र नेपालको महान्यायाधिवक्ताको कार्यालयबीच सहमति हुने स्रोतले उल्लेख गरेको छ । यस सम्झौताले  कतारको जेलमा रहेका नेपालीहरूको अवस्था बुझ्न सहज हुने बताइएको छ ।

त्यसैगरी, युवा तथा खेलकुदको क्षेत्रमा सहकार्य गर्न सम्झौता हुने बताइएको छ । उर्जा क्षेत्रमा पनि सहकार्य गर्ने गरी सम्झौता हुने भएको छ । श्रम-सम्झौताको विषयमा छलफल हुने जनाइएको छ ।

नेपालको तर्फबाट कतारलाई २ वटा हात्ती उपहार दिने भएको छ । नेपालबाट एउटा समूह कतार पुगेर नेपालको हात्ती सुहाउँदो वातावरण छ छैन भनेर अध्ययन गरिसकेर फर्केको पनि परराष्ट्रका एक कर्मचारीले जानकारी दिए ।

हात्ती उपहार दिनलाई सम्झौता गरिने भएको छ । कतारको सरकारको अपेक्षा बमोजिम हात्ती उपहार दिन लागिएको हो । हात्तीलाई कतारको संग्राहलयमा राखिनेछ ।

परराष्ट्र मन्त्रालयको इन्टरनेशनल फरेयन अफेयर्स  र कतारको कूटनीतिक संस्थानबीच सम्झौता हुनेछ । दुवै देशको सम्बन्धलाई थप सुदृढ बनाउन सम्झौता हुने स्रोतले बताएको छ ।

स्रोतका अनुसार नेपाल उद्योग वाणिज्य महासंघ र कतार चेम्बरबीच सम्झौता हुनेछ । लगानी तथा प्रवर्तन गर्ने विषयमा सम्झौता हुन सक्नेछ । यो विषयमा छलफल चलिरहेको स्रोतले बतायो ।

कतार र नेपालबीच हुने विभिन्न भन्सार सम्बन्धी कानुनमा समेत सम्झौता हुने परराष्ट्रका एक कर्मचारीले बताए ।

नेपालको तर्फबाट कतारमा सांस्कृतिक भवन राख्न सम्झौता हुने छ । यसले दुई देशबीच कला र संस्कृति आदानप्रदान गर्न सहयोग विश्‍वास लिएको छ ।

कतार र नेपालबीचकौ दौत्य सम्बन्ध सुरु भएको ४६ वर्ष भइसकेको छ । खाडी मुलुक कतारबाट पहिलोपटक उच्चस्तरीय अधिकारीको पहिलोपटक नेपाल भ्रमण हुँदैछ ।

खाडी मुलुकबाट उच्चस्तरका अधिकारीको पहिलोपटक हुन लागेको भ्रमणलाई ऐतिहासिक मानिएको स्रोतले बताएको छ । कतार समृद्ध मुलुक भइसकेकाले नेपालले विकास साझेदारको रुपमा लिन सक्नेछ । भ्रमणले विकास साझेदारको रुपमा अगाडि बढ्उनलाई अपेक्षा गरेको छ ।

कतारस्थित नेपाली राजदूतावास र राजदूतले गत एक वर्षमा गरेको ठूलो उपलब्धि मान्न सकिने पनि स्रोतले बताएको छ । ऐतिहासिक भ्रमणका लागि दूतावासले भ्रमणका लागि विशेष भूमिका निर्वाह गरेको छ ।

 

 

 

 

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x