अपराध

ठगी आराेपमा एक युवक पक्राउ

इकागज |
माघ १४, २०७८ शुक्रबार ६:५७ बजे

जनकपुरधाम- धनुषा प्रहरीले सडक डिभिजन कार्यालयमा जागिर लगाई दिने भनी ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको धनौजी गाउँपालिका १ का २५ वर्षीय शहादत राइन रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 


राईनले सरकारी दस्तखत र छाप किर्ते गरी आफ्नै गाउँका ३ युवालाई सडक डिभिजन कार्यालयमा जागिर लगाई दिने भनी प्रति व्यक्ति दुई लाख रुपैयाँका दरले ठगी गरेको प्रहरी धनुषाका प्रहरी प्रवक्ता दिपकुमार रायले जनाएको छन् ।

सडक डिभिजन कार्यालयको लेटरप्याडसहित सरकारी दस्तखत र छाप किर्ते  समेत राईनले गरेका थिए । राइनले धनौजी गाउँपालिका १ का १९ वर्षीय बबुल पासवान, २० वर्षीय पारसकुमार पासवान  र दिपेशकुमार पासवानलाई  आइटी सुपरभाइजर पदको नियुक्तिपत्र र  सो पदसम्बन्धी उम्मेदवारको सम्झौतापत्र बनाएर दिएका थिए । 

प्रहरीले प्राप्त उजुरीको आधारमा राईनलाई ती समाग्रीसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

आरोपित राइनलाई अनुसन्धानका लागि ठगी मुद्दा शीर्षकमा १० दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको प्रवक्ता रायले जानकारी दिए । 


Author

थप समाचार
x