अपराध

सुष्मा लामाको हत्याः काठमाडौँबाट एक जना पक्राउ

इकागज |
चैत ४, २०८० आइतबार १३:३८ बजे

तस्विर स्रोत नेपाल प्रहरीः इडिडेट र ओरिजिनल फोटो

काठमाडौँ- ​सुष्मा लामाको हत्या आरोपमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले गोकर्णेश्वर नगरपालिका ३ का २१ वर्षीय रूपेन्द्र लामालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो  ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ तारे भीरमाथि शिवपुरी राष्‍ट्रिय निकुञ्ज जंगलमा गाडेको अवस्थामा १८ वर्षीया सुष्मा लामाको शव केही दिनअघि फेला परेको थियो ।


शरीरको भाग गाडिएको र हात मात्रै देखिएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले फागुन २५ गते शव खाल्डोबाट निकालेको थियो।

मृतक गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ की लामा रहेको खुलेको थियो । उनी गत माघ २२ गते बिहान ५ बजेदेखि हराएकी थिइन् । उनी हराएको भन्दै आफन्तले माघ २५ गते प्रहरी वृत्त बौद्धमा जाहेरी दिएका थिए । 

रूपेन्द्रले सुष्मासँग आफ्नो एकतर्फी प्रेम रहेको बयान प्रहरी समक्ष दिएका छन् ।


Author

थप समाचार
x