अपराध

वीरगञ्जबाट लत्ताकपडा सहित ट्रक नियन्त्रणमा

इकागज |
फागुन १४, २०८० सोमवार ९:५८ बजे

काठमाडौँ - पर्साको वीरगञ्ज महानगरपालिका–२५ बहुअरीबाट यही फागुन १२ गते राति सशस्त्र प्रहरीले शंकास्पद विलबिजक भएको रु ७०  लाख बराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ । 

वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याउँदै गरेको लत्ताकपडाको  विलबिजक शंकास्पद देखिएपछि  प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित  नियन्त्रणमा लिएको हो ।


लत्ताकपडाको ७० लाख र  ट्रकको अन्दाजी मूल्य रु ४० लाख मूल्यांकन गरी  आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । 


Author

थप समाचार
x