अपराध

बोक्सीको आरोपमा काकाको हत्या गरी फरार रहेका दुईजना भतिज १५ वर्षपछि पक्राउ

इकागज |
माघ ५, २०८० शुक्रबार १६:५ बजे

काठमाडौँ- बोक्सीको आरोपमा काकाको हत्या गरी फरार रहेका दुईजना अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए।

उनीहरूले २०६५ असोज २९  गते काका नाता पर्ने सोही ठाउँका चमारसिंह मगरलाई बोक्सीको आरोप लगाइ हत्या गरेका थिए । हत्पापछि उनीहरू फरार भएका थिए । पक्राउ परेका सन्तलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत काठमाडौमा बुझाइएको छ भने टंकबहादुरको स्वास्थ्यमा समस्या आएकाले उपचारपछि अदालत बुझाइएको प्रहरीले जनाएको छ । उनलाई आजै मात्र अदालतमा बुझाइएको हो ।



Author

थप समाचार
x