अपराध

बालिकालाई बलात्कार गरेको आरोपमा मोरङबाट संयोग चौधरी पक्राउ

इकागज |
माघ ४, २०८० बिहीबार १३:१३ बजे

सांकेतिक तस्बिर

मोरङ - १४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा सुन्दरहरैचा नगरपालिका(६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

चौधरीले ती बालिकालाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई बलात्कार गर्दै आएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x