अपराध

सुर्खेतमा आफ्नै बुबाले गरे छोरीको बलात्कार, छोराको हत्या

इकागज |
माघ ३, २०८० बुधबार १८:२८ बजे

सांकेतिक तस्बिर

काठमाडौँ - सुर्खेतमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । पञ्चपुरी नगरपालिका–६ मा मृत्त भेटिएका २१ वर्षीय युवकको आफ्नै बाबुले हत्या गरेको प्रहरीले जनाएको छ ।  

ती युवक सोमबार राति आफ्नै घर छेउमा मृत भेटिएका थिए । उनको शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा राति १ बजेतिर फेला परेका थिए । उनको आफ्नै बाबुले हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।


बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत सोमबार बञ्चरोले हानेको अवस्थामा युवकको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्ध जाहेरी दिएका थिए ।

प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउन साथ बुबा फरार थिए । पीडित छोरीले बुबा नै आएर दाजुको हत्या गरेको दाबी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिए । 

 


Author

थप समाचार
x