क्रिकेट

डि भिलियर्स आईपीएलकै सबैभन्दा प्रभावशाली खेलाडी : कोहली

एजेन्सी |
कात्तिक २, २०७७ आइतबार १२:२० बजे

एजेन्सी  : रोयल च्यालेन्जर्स बेंलोरका कप्तान बिराट कोहलीले आफ्ना साथी खेलाडी एबी डि भिलियर्स इन्डियन प्रिमियर लिग (आइपिएल) कै सबैभन्दा प्रभावशाली खेलाडी रहेको बताएका छन् । 

शनिबार सम्पन्न राजस्थान रोयल्सविरुद्वको खेलमा बेंगलोरका डि भिलियर्सले २२ बलको सामना गर्दै ५५ रन बनाएका थिए । राजस्थानबाट एक सय ७८ रनको लक्ष्य पाएको बेंगलोरलाई जित दिलाउने क्रममा दक्षिण अफ्रिकी ब्याट्सम्यान डि भिलियर्सले ६ छक्का प्रहार गरे ।  


'खेल दौरान जे जस्तो परिस्थिति आँउछ त्यसै अनुसार खेल्ने खुबी एबीसँग छ । मेरा लागि उनी प्रतियोगिता कै सबैभन्दा प्रभावशाली खेलाडी हुन् । खेलमा उनको जस्तो प्रभाव कसैले पनि पार्न सक्दैन,' खेल पश्चात कोहलीले भने । 

'जुनसुकै खेलमा पनि उनी आउट भए विपक्षीको अवश्य पनि हौसला बढ्छ । किनभने उनीसँग खेललाई परिवर्तन गर्न सक्ने खुबी छ । उनी हुदाँ हामीलाई कहिल्यै पनि खेल हारिन्छ जस्तो लाग्दैन,' कोहलीले थपे ।  

शनिबारको जित पछि बेंगलोर १२ अकंका साथ मुम्बई इन्डियन्ससँगै दोस्रो स्थानमा छ । 'सबै खेलाडीले ब्यक्तिगत प्रर्दशनमा सुधार गरिरहेका छन् । प्रतियोगिता अघि बढ्दै जाँदा हाम्रो प्रर्दशन सुदृढ हुँदै जाँदैछ । त्यसकारण नै हामीले १२ अकं बटुल्न सफल भएका छौं,' कोहलीको भनाई थियो । 

यता डि भिलियर्सले लक्ष्य पछ्याउने क्रममा शुरुमा आफु आत्तिएको तर पछि खेल्दै जाँदा सम्हालिएको बताए । 'म यस टीममा राम्रो खेल देखाउनका लागि नै आएको हुँ । र त्यो प्रमाणित गर्न म जुन स्तरको पनि मेहनत गर्न तयार छु । गएको खेलमा मैले त्यति राम्रो गर्न सकिन । क्रिकेट कतिपय अवस्थामा बिरालो र मुसाको खेल जस्तै हुन्छ । कुनैबेला ब्याट्सम्यान कुनैबेला बलर खेलमा हाबी हुने हो,' डि भिलियर्सले भने ।


Author

थप समाचार
x