क्रिकेट

पञ्जावमाथि गुजरात ३ विकेटले विजयी

इकागज |
बैशाख १०, २०८१ सोमबार ७:२ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्सले पञ्जाव किंग्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा गुजरात टाइटन्सले पंजाव किंग्सलाई ३ विकेटले पराजित गरेको हो ।

पञ्जावले दिएको १४३ रनको लक्ष्य पछाएको गुजरातले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।


यसअघि पहिला ब्याटिङ गरेको पञ्जावले २० ओभरमा अलआउट हुँदै १४२ रन बनाएको थियो ।

यो यस सिजनमा गुजरातको चौथों जित हो । ८ खेलमा ४ जित र ४ हारसहित ८ अंक हासिल गरेको गुजरात अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै पञ्जावको भने यस सिजनमा यो छैटौं हार हो । ८ खेलमा २ जित मात्र हासिल गरेको पञ्जाव नवौं स्थानमा रहेको छ ।


Author

थप समाचार
x