क्रिकेट

नेपाल 'ए' ले आयरल्यान्ड उल्भ्सलाई दियो २१४ रनको लक्ष्य

इकागज |
चैत १९, २०८० सोमबार १४:४६ बजे

काठमाडौँ- पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिजको अन्तिम खेलमा नेपाल 'ए' ले २ सय १४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपाल 'ए' ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन बनायो ।


नेपाल 'ए' का लागि आरिफ शेखले ९३ रन बनाए । राशिद खानले २४, पवन सर्राफले १३ रन तथा बसिर अहमदले १९ रन जोडे । कमल सिंह ऐरीले १९ रनको योगदान गरे ।

आयरल्यान्ड उल्भ्सका लागि फियोन ह्यानले २ तथा म्याथ्यू फोस्टर, गारेथ डिलानी, लियाम म्याककार्थी र गाभिन होएले १-१ विकेट हात पारे ।

आयरल्यान्ड उल्भ्सले तीन खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारिसकेको छ ।


Author

थप समाचार
x