क्रिकेट

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

इकागज |
चैत १६, २०८० शुक्रबार ६:४८ बजे

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १२ रनले पराजित गरेको हो ।


राजस्थानले दिएको १८६ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन मात्र बनाएको थियो ।

दिल्लीका लागि डेभिड वार्नरले सर्वाधिक ४९ रन बनाए भने ट्रीस्टान स्टब्सले अविजित ४४ रन बनाएका थिए ।

त्यसैगरी राजस्थानका बलर नान्द्रे बर्गर र युजवेन्द्र चहलले २-२ तथा आभेस खानले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले रियान परागको ४५ बलमा ८४ रनको इनिङको मद्धतले २० ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।

यो जितपछि राजस्थानले लगातार दोस्रो जित हासिल गरेको छ भने दिल्लीले यस सिजनमा लगातार दोस्रो हार ब्यहोरेको छ । 


Author

थप समाचार
x