क्रिकेट

ब्राजिल र स्पेनबीचको खेल बराबरीमा रोकियो

इकागज |
चैत १४, २०८० बुधबार ९:५ बजे

काठमाडौँ- ब्राजिल र स्पेनबीचको मैत्रीपूर्ण खेल बराबरीमा रोकिएको छ । गएराति भएको खेल ३-३ गोलको बराबरीमा रोकिएको हो ।

ब्राजिलका लागि लुकास पाक्वेटाले खेलको ९६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ब्राजिललाई हारबाट बचाएका थिए ।


यस अघि ब्राजिलका लागि रोड्रीगो र युवा खेलाडी एनड्रिकले एक एक गोल गरेका थिए ।

त्यसैगरी स्पेनका लागि रोड्रीले पेनाल्टीमार्फत दुई गोल गरेका थिए भने डानी ओल्मोले एक गोल गरेका थिए ।


Author

थप समाचार
x