क्रिकेट

नेपालले भोलि आयरल्यान्ड उल्भ्सको सामना गर्दै

इकागज |
चैत ११, २०८० आइतबार १७:४७ बजे

काठमाडौँ- घरेलु टोली नेपाल र पाहुना टोली आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी-ट्वान्टी सिरिज भोलिबाट सुरु हुँदैछ ।

नेपाल र आयरल्यान्ड उल्भ्सबीचको पहिलो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । नेपाल र आयरल्यान्ड उल्भ्सबीचको खेल अपरान्ह १ बजेबाट सुरु हुनेछ ।


यी दुई टोलीबीचको दोस्रो खेल  मंगलबार हुने तालिका रहेको छ ।

त्यसपछि नेपाल 'ए' ले आयरल्यान्ड उल्भ्ससँग समान ३ खेलको टी-ट्वान्टी सिरिज र ३ खेलको एकदिवसीय सिरिज खेल्नेछ ।


Author

थप समाचार
x